प्रचण्ड भन्छन्, ‘माओवादी सरकार बनाउने खेलमा लाग्दैन, पार्टी निर्माणमा छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टी बनाउने अभियानमा केन्द्रीत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग कुरा गर्दै उनेल पार्टी निर्माणको अभियानमा केन्द्रीत भएको बताए ।

‘हामी सरकार नभइ पार्टी बनाउनेतिर केन्द्रित छौं,’ उनले भने, ‘अहिले माओवादी सरकार बनाउने खेलमा लाग्दैन ।’

‘ओवादीलाई सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित रहेको उल्लेख गर्दै प्रचण्डले र देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरिएको बताए । माओवादीलाई सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित रहेको उल्लेख गर्दै प्रचण्डले र देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरिएको बताए । ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ दाहालले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली असभ्य भएको बताए । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ती असभ्य भएको बताएका थिए । ‘को सभ्य को असभ्य भन्ने कुरा तपाईहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको थिए यति झुट, बेइमानी अनैतिकता, जालझेलको तरिकाले अपनाउनुभयो नि उहाँले (प्रधानमन्त्रीले) मैले बोलेको के असभ्य भयो र ?’ उनले भने,‘ उहाँले गर्दा असभ्य नहुने, मैले असभ्य गर्नुभयो उहाँले भन्दा असभ्य हुन्छ र ?’

उनले कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, २३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.