विराटनगर । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ ।
वान एक्स बेडलगायत विभिन्न एप मार्फत सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीलाई भदौ १८ गते घरबाटै पक्राउ गरिएको हो ।
ुएनड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स ‘डाउनलोड’ गरेको पाइएको थियो,’ डीएसपी बस्नेतले भने, ‘त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको खुल्यो ।’
सट्टेबाजीमा प्रयोग गर्दैै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ दफा १२५ अनुसार मुद्दा चलाइनेछ । सो दफामा सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिबाना हुने व्यवस्था छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)