विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । शनिबारबाट सुरु चौथो संस्करण ३१ भदौसम्म चल्नेछ । महोत्सवको पहिलो दिन ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरिएको छ ।

गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् । शनिबार मञ्चन भएको नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दिक्षा चौधरी, अमिशा वाग्ले, निशान चौहान राईलगायतले अभिनय गरेका थिए ।

आइतबार ग्रेडेड इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन हुनेछ । त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, मोरङ ज्ञानोदय सेकेन्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेन्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्नेछ । महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, २२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.