श्रीमानको रिसले दुई छोरीको हत्या

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाको आमाले नै हत्या गरेको देखिएको प्रहरीले बताएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा श्रीमानकाे रिसले विष खुवाएर हत्या गरेको देखिएको प्रहरीले बताएको हाे ।

सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की गत शनिबार दिउँसो मृत फेला परेका थिए । घटना भएको पाँच दिनपछि आमा पक्राउ परेपछि उनले नै हत्या गरेको खुलेको हो ।

शुक्रबार राति श्रीमानसँग विवादपछि उनी दुई छोरी लिएर हिडेकी थिइन् । उनले राति छोरीलाई विष खुवाएर हत्या पछि आफू बेपत्ता भएकी थिइन् ।

घटनापछि प्रहरीले आमाले पनि आत्महत्या गरेको आशंकामा जंगल र खोलामा खोजी गरेको थियो । तर उनी आज बिहान झापाके विर्तामोडमा फेला परिन् ।

अस्वस्थ्य अवस्थामा फेला परेकी उनलाई प्रहरीले ल्याएर उपचार गरेको छ । उनलाई कर्तब्य ज्यान मुद्दा चलाउने माेरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, १९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.