पाँचथर बम विस्फोट : घाइतेलाई अस्पतालले काठमाडौँ रेफर गर्याे, आफन्तले घर लागे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचारका लागि कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । दुवै अस्पतालले पवन र दिप्सनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजानका आफन्तलाई भनेका थिए, तर खर्च नहुँदा आफन्तले फर्काएर फिदिम नै लिगे ।

गम्भीर अवस्थामा दिप्सन पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो । मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरूलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका हुन् ।

गत बिहीबार डाडागाँउमा द्वन्द्वकालको हेनमेड सकेट बम विस्फोट हुँदा अढाई वर्षीय प्रिन्सा सावा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो । उनीहरु दाजूबहिनी हुन् । बम विष्फोटमा परी बालक पवन राई र दिप्सन राई घाइते भएका थिए । घाइते मध्ये दिप्सनको अवस्था गम्भीर छ । तर उनीहरूको उपचारमा प्रदेश र संघिय सरकारले चासो दिएको छैन ।

‘कोशी अस्पतालमा चिकित्सकले सिटिस्क्यान गरेर ल्याउनु भनेपछि पवनलाई आमाले फर्काएर फिदिम नै ल्याउनु भएको छ, काठमाडौँ लैजानुपर्ने दिप्सनलाई पनि फिदिम नै फर्काइएको रहेछ ।’ सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले भने,‘ दुवै बालकको अवस्था जटिल देखेपछि उपचारका लागि पठायौँ ।’

उनका अनुसार दुई बालकलाई काठमाडौँ विमानस्थलसम्म पुर्याउने जिम्मा स्थानीय सरकारले फालेलुङ गाउँपालिकाले लिएको छ । विमानस्थलबाट सिविनले उपचारका लागि किर्तिपुर अस्पताल लैजानेछ ।

सरकारलाई जानकारी छैन !

हेर्ने कथा मार्फत ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका भोजपुरका प्रकाश राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन गरेर सहयोग गर्ने बचन दिएका थिए । तर पाँचथर बम विस्फोटको घटनामा प्रदेश सरकारले कुनै कदम चालेको छैन । दुई जान बालबालिकाको मृत्यु र र दुई जना जना घाइते भएको घटनाका विषयमा सरकारले चासो नदिएको पाँचथरका प्रदेश सांसद तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

‘संसद बैठकमा मैले घाइतेको उपचार र मृतकलाई क्षतिपुर्तीका लागि कुरा उठाएको छु, सरकारलाई लिखित रुपमा पनि आग्रह गरेको छु,’ उनले भने,‘ तर सरकारले अझै केही गरेको छैन, भाइरलको पछाडि सरकार, मन्त्री सांसद सबै लागेका छन् ।’

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी बम विष्फोटका घाइतेको उपचारका लागि माग भए प्रदेश सरकारले सहयोग गर्ने बताउँछन् । तर अहिलेसम्म माग आएको छैन । ‘राज्यले घाइतेको उपचार गर्छ, तर सीडीओ कार्यालय मार्फत लिखित रुपमा आउनुपर्छ,’ उनले भने,‘ त्यो (बम विस्फोट) डिजास्टर नै हो, मृतकको हकमा क्षतिपूर्ती दिन्छौं ।’

गत बिहीबार फालेलुङ–५ मा माओवादी कार्यकर्ता आइतराज केरुङको घरको आँगनमा सकेट बम विस्फोट भएको थियो । घर नजिकै अम्रिसो बारीमा भेटेपछि बालबालिकाले खोल्न खोज्दा बिस्फोट भएको थियो । प्रहरीले बिस्फोट भएको हेनमेड सकेट बम द्वन्द्वकालकै भएको बताएको छ ।

प्रकाशित मिति: बुधबार, १९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.