विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा ५ दिनपछि भेटिएकी छन् ।
नाबालिकाकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोड एरियामा फेला पारेको हो । प्रहरी स्रोतका अनुसार बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीको इटहरीबाट भोजपुर ट्याक्सी छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दीदीको घरमा परिवारसहित बसेर उनी ट्याक्सी चलाउँछन् । सोही स्थानमा आफ्नो घर पनि बनाउँदैछन् ।
प्रहरीका अनुसार शुक्रबार भोजपुरबाट फर्कदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने वितिकै श्रीमती अस्मितासँग विवाद भयो, विवादको कारण थियो ‘बन्दै गरेको घरमा पानी नहाल्नु ।’
श्रीमान अर्जुनसँगको विवादपछि अस्तिमता दुई छोरी एक वर्षीय छोरी आइका र ३ वर्षीया अर्पणालाई लिएर शक्रबार राति करिब साढे ८ बजे डेराबाट निस्किइन् ।
शनिरबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र आइकालाई अर्पणाले अंगालो मारेको अवस्थामा शव भेटियो । नजिकै विषादीको बट्टा र अस्मीताको मोबाइल फोन पनि ।
अर्जुनले प्रहरीलाई बताए अनुसार शुक्रबार राति अस्मिताले तेरो छोरी मारे म पनि मर्छु भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि प्रहरीलाई खबर गरे ।
शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेशन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको विर्तामोडमा फेला परेकी छन् । तर उनको अवस्था विछिप्त जस्तो देखिएको प्रहरीले बताएको छ ।
‘बेपत्ता भएकी आमालाई विर्तामोडमा हिडिरहेको अवस्थामा फेला पारेर ल्याएका छौं, मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले भने,‘ थप अनुसन्धान हुँदैछ ।’ सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । केही नखाएको जस्तो देखिएकी उनको उपचार भइरहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दुई बालिकाको शव नजिकै विषको बट्टा भेटिएपनि विष खुवाएर मारेको हो वा अन्य कुनै तरिकाले मारेको भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने डिएसपी बस्नेतले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)