काठमाडौँ । नेपालीकी किशोरी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई अमेरिकाकी ह्युस्टन अदालतले छाड्न अस्वीकार गरेको छ । टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबी सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको हो ।
स्थानीय पत्रिका क्लिकटुह्युस्टनले जनाए अनुसार आरोपी शाहले एक वर्षदेखि पाण्डेलाई पछ्याइरहेको जनाएको छ । उनी काम गर्ने रेस्टुरेन्ट मार्फत आरोपीले पाण्डेको पिछा गरिरहेका थिए ।
प्रारम्भिक बयानका क्रममा शाहका वकिलले शाहलाई धरौटीमा छाड्न माग गरेका थिए । तर अदालतले डिसेम्बरमा हुने अर्को सुनुवाइ सम्म जमानत अस्वीकार गरेको छ ।
उनका साथी दीपेन्द्र कुँवरका अनुसार पाण्डेले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भन्दै सहयोग मागेको बताइएको छ । ‘उनले त्यसबेला कुनै व्यक्ति झ्यालमा आएका छन् भनेकी थिइन्, कसैले उसलाई पछ्याइरहेको थियो’, कुँवरले स्थानीय पत्रकारसँग भनेका छन्, ‘झ्याल र ढोका आसपास हिँडिरहन्थ्यो, त्यसैले उनले मलाई बोलाएकी थिइन्, पुलिसलाई पनि बोलाएका थियौँ ।’
त्यसपछि अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए ।
अघिल्लो साता सोमबार उनको अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । त्यसपछि प्रहरीले बबी सिंह शाहलाई पक्राउ गरेको थियो ।
मुना सन् २०२२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)