विराटनगर । चिसो मानिने युरोपेली मुलुकमा पनि गर्मीका कारण मासिनको ज्यान जान थालेको छ । चिसो रहने युरोपमा जलबायु परिवर्तनको असरका कारण तापक्रम बढ्दो छ । तापक्रम बढ्दा मानिसको मृत्यु हुने क्रम बढेको एक अध्ययनले देखाएको छ ।
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएसग्लोबल) सँग सम्बद्ध अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको अध्ययनले एक वर्षमा युरोपमा ४७ हजार बढी मानिसको मृत्यु अत्याधिक गर्मीका कारण भएको थिययो । यो गत वर्षको अध्ययनको निष्कर्ष हो । अध्ययनका क्रममा ४७ हजार ६९० जनाको ज्यान गुमाएको देखिएको थियो ।
अध्ययनको नतिजा नेचर मेडिसिन नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छ ।
अध्ययनले सन् २०२२ मा अत्यधिक गर्मीका कारण ६० हजार भन्दा बढीको मृत्यु भएको देखाएको थियो । अध्ययनमा अन्वेषकहरूले ३५ युरोपेली देशका ८२३ क्षेत्रको तापक्रम र मृत्युको रेकर्ड जाँच गरेका थिए ।
अनुसन्धानका अनुसार सन् २०२३ मा युरोपमा ४७ हजार ६९० गर्मीका कारण मृत्यु भएकामध्ये अधिकांशको वर्षको सबैभन्दा तातो समय अर्थात् मे २९ देखि अक्टोबर १, २०२३ बीचमा भएको थियो । अध्ययनको तथ्यांकअनुसार यसको सबैभन्दा ठूलो प्रभाव दक्षिणी युरोपेली देशहरूमा परेको छ ।
अध्ययनमा महिला र वृद्धवृद्धाहरू अत्यधिक गर्मीमा सबैभन्दा बढी प्रभावित भएको देखिएको थियो । सन् २००० पछि युरोपमा तापक्रम बढेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)