युरोपमा बढ्न थाल्याे गर्मी, एक वर्षमा ४७ हजारको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चिसो मानिने युरोपेली मुलुकमा पनि गर्मीका कारण मासिनको ज्यान जान थालेको छ । चिसो रहने युरोपमा जलबायु परिवर्तनको असरका कारण तापक्रम बढ्दो छ । तापक्रम बढ्दा मानिसको मृत्यु हुने क्रम बढेको एक अध्ययनले देखाएको छ ।

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएसग्लोबल) सँग सम्बद्ध अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको अध्ययनले एक वर्षमा युरोपमा ४७ हजार बढी मानिसको मृत्यु अत्याधिक गर्मीका कारण भएको थिययो । यो गत वर्षको अध्ययनको निष्कर्ष हो । अध्ययनका क्रममा ४७ हजार ६९० जनाको ज्यान गुमाएको देखिएको थियो ।

अध्ययनको नतिजा नेचर मेडिसिन नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छ ।

अध्ययनले सन् २०२२ मा अत्यधिक गर्मीका कारण ६० हजार भन्दा बढीको मृत्यु भएको देखाएको थियो । अध्ययनमा अन्वेषकहरूले ३५ युरोपेली देशका ८२३ क्षेत्रको तापक्रम र मृत्युको रेकर्ड जाँच गरेका थिए ।

अनुसन्धानका अनुसार सन् २०२३ मा युरोपमा ४७ हजार ६९० गर्मीका कारण मृत्यु भएकामध्ये अधिकांशको वर्षको सबैभन्दा तातो समय अर्थात् मे २९ देखि अक्टोबर १, २०२३ बीचमा भएको थियो । अध्ययनको तथ्यांकअनुसार यसको सबैभन्दा ठूलो प्रभाव दक्षिणी युरोपेली देशहरूमा परेको छ ।

अध्ययनमा महिला र वृद्धवृद्धाहरू अत्यधिक गर्मीमा सबैभन्दा बढी प्रभावित भएको देखिएको थियो । सन् २००० पछि युरोपमा तापक्रम बढेको छ ।

प्रकाशित मिति: मङ्गलबार, १८ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.