विराटनगर । रुस युक्रेन युद्धमा मारिने नेपालीको संख्या ४० पुगेको छ । मृतक सबै युवाहरु हुन् । सात जना युक्रेनी सेनाको कब्जामा छन् ।
रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ४० पुगेको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पछिल्लो पटक विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापाको मृत्युको जानकारी आएको हो ।
परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो । असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो ।
रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ४० नेपालीको नामावली
१,राजकुमार रोका–दोलखा
२,सुक्रबहादुर तामाङ–काठमाडौं
३, भरतबहादुर शाह–काठमाडौं
४, देवन राई–कास्की
५, प्रितम कार्की–स्याङ्जा
६, गंगराज मोक्तान–इलाम
७, रुपक कार्की–कपिलवस्तु
८, सन्दीप थपलिया–गोरखा
९, कुन्दनसिंह नगाल–दार्चुला
१०,हरिप्रसाद अर्याल–स्याङ्जा
११, राजकुमार गिरी–धादिङ
१२, धनसिंह पुन–रोल्पा
१३, पूर्णबहादुर गुरुङ–धादिङ
१४, सुन्दर मुक्तान–रसुवा
१५, गंगाराम अधिकारी–झापा
१६,पदमबहादुर घिमिरे–उदयपुर
१७, सन्जय केसी–बाँके
१८,नबीन शाही–जाजरकोट
१९, जितबहादुर विक–वाग्लुङ
२०, अनितकुमार साह–महोत्तरी
२१,खगेन्द्र राईका मगर–धनकुटा
२२, बिरवल राई–संखुवासभा
२३,बलराम गुरुङ–रुकुम
२४, तेजबहादुर शाही–दैलेख
२५, सुरेन्द्र राना– जुम्ला
२६, लालबहादुर बुढा–रुपन्देही
२७, राजु थारु
२८, फुर्वा शेर्पा–दोलखा
२९, सुरज विक–स्याङ्जा
३०, नेत्रबहादुर घर्ती– धादिङ
३१, शंकर दमाई–गुल्मी
३२, साजन गुरुङ–लमजुङ
३३, शान्त बहादुर भोलान– सिन्धुली
३४, घनश्याम परियार
३५, संजोक आचार्य
३६, नवीन शाही
३७, विमल लिम्बु
३८,बिक्रम चौधरी
३९,डोमबहादुर आले
४०, सुवास थापा
युक्रेनी सेनाको कब्जामा रहेकाहरु
१, विवेक खत्री–बर्दिया
२, सिद्धार्थ ढकाल–काभ्रे
३, विकास राई–मोरङ
४, प्रतीक पुन–रोल्पा
५, सुजन सुवेदी–चितवन
६, ईश्वर लामिछाने– गोरखा
७, मदन दाहाल
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)