कटहरीको जुट मिल्समा आगलागी

Satya Sanchar सत्य सञ्चार

 

विराटनगर । मोरङको कटहरीमा रहेको श्री पशुपति जुट मिल्समा आगलागी भएको छ ।

सोमबार दिउँसो कटहरी गाउँपालिका ४ मा रहेको श्री पशुपति जुट मिल्समा आगलागी भएको हो । दमकलको सहयोगमा आगो करिब  डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मिल्सको कच्चा पदार्थ जुट जलेको जुट मिल्सका प्रवन्ध निर्देशक अमित जैनले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न नसकेको बताउँदै उनले भने,‘ मेसिन चलिरहेको बेला आगो लागेको हो, सर्ट सर्किट भएर  हुनसक्छ ।’

आगलागीबाट ३० लाख हाराहारीको क्षति भएको उनले बताए । आगोले दुई वटा ब्रेकर मेसिनमा पनि क्षति पुगेको छ ।

 

प्रकाशित मिति: सोमबार, १७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.