पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट चार जना मन्त्री सहभागी भएका छन् । ७ वटा मन्त्रालय रहेको गण्डकीमा मन्त्रालय फुटाएर ९ वटा बनाएपछि एमालेबाट ४ जना मन्त्री सहभागी भएका हुन् ।
नयाँ मन्त्रीहरुलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले शपथ ग्रहण गराएका छन् ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको छ । उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई फुटाएर ९ वटा मन्त्रालय बनाइएको छ । सरकार विस्तार गर्दा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर भएको छ ।
उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेका ४ मन्त्री थपिएपछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)