विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमति पत्रको अस्थायी कार्ड वितरण गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स वितरण गर्ने भएको हो ।
अस्थायी कार्डको परीक्षणको रुपमा विराटनगरमा हिजोबाट वितरण थालिएको छ । तालिमपछि अन्य कार्यालयबाट पनि वितरण हुनेछ ।
यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्मार्टकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाँड्नेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरू स्मार्टकार्डको प्रतीक्षामा छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव कमल थापाका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरूलाई अस्थायी कार्ड दिइनेछ । यसअघि ट्रायल पास भएको बिल वितरण गरिन्थ्यो ।
‘ट्रायल पास गरेकालाई क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड वितरण गर्दैछौँ,’ उनले भने,‘ विराटनगरमा परीक्षण गरि अन्य कार्यालयहरूमा पनि पठाउँछौँ ।’
अस्थायी कार्ड वितरणका लागि लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड पठाएको थियो ।
यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । अस्थायी कार्ड छपाई गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)