कोशीमा अब क्यूआर कोडसहितको अस्थायी लाइसेन्स

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमति पत्रको अस्थायी कार्ड वितरण गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स वितरण गर्ने भएको हो ।

अस्थायी कार्डको परीक्षणको रुपमा विराटनगरमा हिजोबाट वितरण थालिएको छ । तालिमपछि अन्य कार्यालयबाट पनि वितरण हुनेछ ।

यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्मार्टकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाँड्नेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरू स्मार्टकार्डको प्रतीक्षामा छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव कमल थापाका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरूलाई अस्थायी कार्ड दिइनेछ । यसअघि ट्रायल पास भएको बिल वितरण गरिन्थ्यो ।

‘ट्रायल पास गरेकालाई क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड वितरण गर्दैछौँ,’ उनले भने,‘ विराटनगरमा परीक्षण गरि अन्य कार्यालयहरूमा पनि पठाउँछौँ ।’

अस्थायी कार्ड वितरणका लागि लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड पठाएको थियो ।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । अस्थायी कार्ड छपाई गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।

प्रकाशित मिति: आइतबार, १६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.