प्रकाश तामाङलाई मुख्यमन्त्रीको फोन : सहयोग गर्छु’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरका प्रकाश तामाङलाई फोन गरेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

साढे तीन दशक बढी घरपरिवारबाट अलग भएका उनी घर फर्किएका छन् । नागरिकता बनाउनेगरी भोजपुरको षडानन्द नगरपालिका फर्किएका प्रकाशलाई मुख्यमन्त्री कार्कीले शनिबार फोन गरेर सहायोग गर्ने आश्वासन दिएका हुन् ।

‘जे अनुकुल हुन्छ, त्यसमा सहयोग हुन्छ । विराटनगर आउनुहोस्, जे गर्नु हुन्छ, सहयोग दिलाइदिन्छु’ मुख्यमन्त्री कार्कीले भने ।

प्रकाशले आफूले जानेको पशुपालन भएकाले त्यही गर्ने बताए । मुख्यमन्त्री कार्कीले पशुपालनका लागि सहयोग गर्ने बताए ।

हेर्ने कथा नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले उनी चर्चामा छन् । झापाबाट काठमाडौँ हुँदै बेपत्ता भएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए । परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् ।

प्रकाशित मिति: शनिबार, १५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.