विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरका प्रकाश तामाङलाई फोन गरेर सहयोग गर्ने आश्वासन दिएका छन् ।
साढे तीन दशक बढी घरपरिवारबाट अलग भएका उनी घर फर्किएका छन् । नागरिकता बनाउनेगरी भोजपुरको षडानन्द नगरपालिका फर्किएका प्रकाशलाई मुख्यमन्त्री कार्कीले शनिबार फोन गरेर सहायोग गर्ने आश्वासन दिएका हुन् ।
‘जे अनुकुल हुन्छ, त्यसमा सहयोग हुन्छ । विराटनगर आउनुहोस्, जे गर्नु हुन्छ, सहयोग दिलाइदिन्छु’ मुख्यमन्त्री कार्कीले भने ।
प्रकाशले आफूले जानेको पशुपालन भएकाले त्यही गर्ने बताए । मुख्यमन्त्री कार्कीले पशुपालनका लागि सहयोग गर्ने बताए ।
हेर्ने कथा नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले उनी चर्चामा छन् । झापाबाट काठमाडौँ हुँदै बेपत्ता भएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए । परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)