विराटनगर विद्यालय नाटक महोत्सवका लागि दश वटा नाटक छनोट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा आयोजना हुने विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा १० वटा नाटक मञ्चन हुने भएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा आयोजकको एउटा र नौं वटा विद्यालयले नाटक मञ्चन गर्नेछन् ।

नाटक प्रत्येक दिन दिउँसो २ बजे मञ्चन हुनेछ । विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट विद्यालयहरुले सहभागीता जनाउँदैछन् । गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार आयोजकले सविन भट्टराईको निर्देशनमा बनेको नाटक नीलाम्बरको आकाशयुद्ध मञ्चन गर्दै महोत्सवको उद्घाटन गर्नेछ ।

दोस्रो दिन आइतबार विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले मनिषा राजवंशीको निर्देशनमा तयार नाटक बुद्धिमानी आमा, तेस्रो दिन दिल्ली पब्लिक स्कुल विराटनगरले मयुरेस वर्माद्धारा निर्देशित नाटक छिमेकी मञ्चन गरिनेछ ।

चौथो दिन आदर्श माध्यमिक विद्यालय विराटनगरले प्रनिशा रेग्मीद्धारा निर्देशित नाटक भविष्य निर्माण, पाँचौ दिन ग्रीनल्याण्ड सेकेण्डरी स्कुल विराटनगरले चर्चिता अधिकारी र दित्शा लुईटेल निर्देशित नाटक रङ, छैठौं दिन पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल विराटनगरले रेणुका बजगाई घिमिरेद्धारा निर्देशित नाटक एक पटक बोलेको एक रुपियाँ मञ्चन हुनेछ ।

सातौँ दिन नमुना विद्या मन्दिर विराटनगरले पशुपति रिमालद्धारा निर्देशित जिम्मेवारी कसको ?, आठौं दिन बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले विकास बुढाथोकीद्धारा निर्देशित नाटक स्मार्ट बन्द, नवौँ दिन विराटचौकको सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले सोनाम तामाङद्धारा निर्देशित नाटक ‘ज्ञ’ र अन्तिम दिन भदौ ३१ गते रङ्गेलीको श्री एकता सेकेण्डरी स्कुलले रमेशचन्द्र अधिकारीद्धारा निर्देशित साबित्रीको बाख्रो मञ्चन हुनेछ ।

विद्यालयमा विद्यार्थी वा शिक्षक स्वयंले लेखन तथा निर्देशन गरिरहेका छन् । विद्यार्थी मात्रै अभिनय गर्दै नाटक मञ्चन गरिने महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, १५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.