विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो ४ः३० बजेतिर एकै घरका २ नाबालिकाको शव फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ का नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरुको शव भेटिएको हो । धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन् । केराघारीभित्र २ बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए । उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको प्रहरीले पत्ता लगाएको छ ।
डीएसपी बस्नेतले पतिसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८ः३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा भोलिपल्ट फेला परेको छ । दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले दिए । घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारेजस्तो देखिने उनले बताए ।
उनका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ ।
‘बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा ‘मेटासिट’को बट्टा फेला परेको छ,’ बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’
छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, अनुसन्धानपछि र आमा फेला परेपछि वास्तविकता पत्ता लाग्ने बस्नेत बताउँछन् ।
बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन् । प्रहरीका अनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको पाइएको छ ।
‘आफूसँग विवाद भएपछि २ नाबालिका छोरी लिएर पत्नी हिँडेको भनेर अर्जुनले भनेका छन् । नाबालिकाहरु अहिले मृत फेला परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरु लिएर हिँड्ने र पुनः फर्किएर आउने गरेको पाइयो । वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन् ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)