कोशी प्रदेश : सरकारमा नगई सत्तापक्षको बेञ्चमा कांग्रेस, प्रमुख प्रतिपक्षी बन्याे माओवादी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस सरकारमा नगई सत्तापक्षको बेन्चमा बसेको छ । शुक्रबार प्रदेशसभा बैठकअघि सरकारलाई समर्थन गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको कांग्रेस सत्तापक्षको बेन्चमा बसेको हो । कांग्रेस सत्तापक्षमा बस्दा नेकपा माओवादी केन्द्र पहिलो पटक प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ । संसदकाे दुई कार्यकालमा तीन पटक प्रतिपक्षमा बसेपनि माअाेवादी केन्द्रले प्रमुख प्रतिपक्षीको भूमिका पाएको थिएन ।

पहिलो पटक प्रमुख  प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएको छ । ‘नयाँ संसदमा कहिलेपनि प्रतिपक्षको भूमिका देख्न पाइएनौ, रहेन,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले,‘ हाम्रो पार्टीले रचनात्मक प्रतिपक्षको वास्तविक भूमिका निर्वाह गर्छौं ।’

उनले कांग्रेस एमालेलाई चार वर्ष सरकार चलाउन पनि आग्रह गरे । ‘दुईवटा झगडिया दलहरू मिलेर सरकार चलाउँदै हुनुहुन्छ, तपाईंहरू ८४ सम्मै सरकार चलाउनु होस्,’ उनले भने,‘जनताको पहरेदार भएर हामी अगाडि बढ्न चहान्छौं, यही भूमिका हामीलाई २०८४ सालसम्म रहनदिनुहोस् । ८४ मा तपाईंहरू दुइटाले गठबन्धन गरेरै चुनाव लड्नुहोस् ।’

संसदमा सम्बोधनका क्रममा उनले कांग्रेसको भूमिका प्रति पनि प्रश्न उठाए । ‘हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउने कुरामा कांग्रेसको समर्थन कहीँ पनि देखिन, कोही सांसदले हस्ताक्षर गरेको थाहा छैन, मुख्यमन्त्री हिक्मत कार्कीज्यूको सरकारमा सहभागी भएको पनि औपचारिक जानकारी छैन,’ उनले भने,‘ सरकारमा पनि सहभागि नभई समर्थन पनि नभई सत्तापक्ष हुने परम्परा पहिलो पटक यहाँ देखियो ।’  उनले याे संसदीय प्रणालीमा सुहाउँदो विषय नभएको बताए ।

कांग्रेस सांसद तथा पूर्व मुख्यमन्त्री केदार कार्कीले कांग्रेस सत्तापक्षमा बसेको र माओवादी केन्द्र प्रतिपक्षमा बसेको एकै दिन भएको उनले बताए । ‘संयोग कस्तो मिल्यो भने कांग्रेस पनि आजै समर्थन गरेर सत्तापक्षको बेन्चमा बसेको छ,’ उनले भने,‘ सरकारमा मन्त्री नै जानु पर्दैन, अहिले भएका मन्त्री पनि आजदेखि हाम्रै मन्त्री, मुख्यमन्त्री पनि हाम्रै  मुख्यमन्त्री हुन् ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल सरकारलाई समर्थन गरेर सत्तापक्षमा बस्नु सामान्य भएको बताउँछन् । ‘सत्तापक्षमा जाने निर्णय गरेर सत्तापक्षमा बस्नु सामान्य हो,’ उनले भने,‘ सरकारमा सहभागिताको विषय दलकाे आन्तरिक हो ।’

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको योजना कांग्रेसलाई सरकारमा सहभागी गराएर मात्रै संसद बैठक बोलाउने थियो । तर कांग्रेस भित्र आन्तरिक भागबन्डा नमिल्दा मन्त्रीको नाम दिन सकेन् ।

पूर्व सहमति अनुसार कोशीमा कांग्रेसले चार र नेकपा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय पाएको छ । कांग्रेस भित्र शेखर कोइराला पक्ष र कृष्णप्रसाद सिटौला पक्षलाई एक–एक वटा मन्त्रालय दिने संस्थापन पक्षको तयारी थियो । तर शेखर कोइरालाने नमानेपछि कांग्रेसले सरकारमा सहभागी हुने नाम दिन सकेन् । १६ भदौंमा बस्ने केन्द्रीय समिति बैठकपछि सरकारमा मन्त्री पठाउने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.