सरकार चलाउनुहोस्, ८४ सालसम्म प्रतिपक्षमा बस्छौं : आङ्बो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले २०८४ सालसम्म प्रतिपक्षमा रहने बताएका छन् ।

शुक्रबार संसद्मा विशेष समय लिएर बोल्दै उनले काङ्ग्रेस एमालेलाई ८४ सालसम्म सरकार चलाउन आग्रह गरे । यो अवधिमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

जनताको मुद्दा उठाउने जिम्मेवार दल भएर प्रतिपक्षमा बस्ने बताउँदै उनले भने,‘ तपाईंहरू दुई  झगडिया दल मिल्नु भएको छ, सरकार चलाउनुहोस्,  हामीलाई २०८४ सालसम्म प्रतिपक्षमा बस्न दिनुहोस् ।’ उनले २०८४ मा मिलेर चुनावमा जान पनि आग्रह गरे ।

सरकारमा सहभागी नभइ सत्तापक्षमा काङ्ग्रेस बसेको बताउँदै उनले अचम्मको अभ्यास भएको उनले बताए ।

प्रदेशमा अहिले सरकार विहीनताकाे अवस्थामा रहेको उनले बताए । मन्त्रालय मन्त्री नहुँदा बजेट कार्यान्वयन अन्योल भएको उनले बताए । अहिलेको बजेट वितरण मुखी रहेको बताउँदै अझैपनि सरकारले बजेट प्राथमिकता निर्धारण गर्न आग्रह गरे ।

सरकारलाई हिम्मत  गरेर प्राथमिकताको आयोजना निर्धारण गर्न उनले आग्रह गरे  । उनले प्रदेशको संरचना निर्माणका लागि ढिला नगर्न सरकारलाई  आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.