सरकार चलाउनुहोस्, ८४ सालसम्म प्रतिपक्षमा बस्छौं : आङ्बो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले २०८४ सालसम्म प्रतिपक्षमा रहने बताएका छन् ।

शुक्रबार संसद्मा विशेष समय लिएर बोल्दै उनले काङ्ग्रेस एमालेलाई ८४ सालसम्म सरकार चलाउन आग्रह गरे । यो अवधिमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

जनताको मुद्दा उठाउने जिम्मेवार दल भएर प्रतिपक्षमा बस्ने बताउँदै उनले भने,‘ तपाईंहरू दुई  झगडिया दल मिल्नु भएको छ, सरकार चलाउनुहोस्,  हामीलाई २०८४ सालसम्म प्रतिपक्षमा बस्न दिनुहोस् ।’ उनले २०८४ मा मिलेर चुनावमा जान पनि आग्रह गरे ।

सरकारमा सहभागी नभइ सत्तापक्षमा काङ्ग्रेस बसेको बताउँदै उनले अचम्मको अभ्यास भएको उनले बताए ।

प्रदेशमा अहिले सरकार विहीनताकाे अवस्थामा रहेको उनले बताए । मन्त्रालय मन्त्री नहुँदा बजेट कार्यान्वयन अन्योल भएको उनले बताए । अहिलेको बजेट वितरण मुखी रहेको बताउँदै अझैपनि सरकारले बजेट प्राथमिकता निर्धारण गर्न आग्रह गरे ।

सरकारलाई हिम्मत  गरेर प्राथमिकताको आयोजना निर्धारण गर्न उनले आग्रह गरे  । उनले प्रदेशको संरचना निर्माणका लागि ढिला नगर्न सरकारलाई  आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.