बरगाछीमा सीटी सफारी चालककाे चक्काजाम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा सीटी सफारी चालकले कोशी लोकमार्गको बरगाछी खण्डमा चक्काजाम गरेका छन् । लोकमार्गमा सिटी सफारी चलाउन रोक लगाएको विरोधमा उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

विराटनगरको बरगाछीको ६ लेन सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालिएपछि सवारीसाधन सञ्चालन हुन सकिरहेको छैन ।

सफारी चालकको बन्दका कारण बिरामी बोकेका एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भइरहेको छ ।

महानगरको गेटअगाडि सफारी तेस्र्याएर प्रदर्शन गरिएको सफारी चालक अनिल रायले बताए । विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएपछि चालकहरु आन्दोलित भएको जानकारी उनले दिए ।

विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले रानी नाकादेखि विराटनगरको ढाटसम्मको राजमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् ।

उनीहरुले राजमार्गमा सफारी गुड्न पाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.