अम्रिसाे बारीमा भेटिएकाे बमले लियो नाबालक दाजुबहिनीको ज्यान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँका ज्ञानबहादुर राई फिदिममा बस्छन् । उनको परिवार गाउँमै आइतराज केरुङको घरमा बस्छ ।

बिहीबार दिउँसो उनकी श्रीमती घरमा चाबी लगाएर मेला (खेतीको काम)मा गएकी थिइन् । घर उनका छोराछोरी र छिमेकी बालबालिका भेला भएर खेल्दैथिएँ । खेल्ने क्रममा उनीहरूले घरनजिकैको अम्रिसो बारीमा एउटा खिया लागेको बस्तु भेटे ।

बट्टा जस्तो बस्तु देखेपछि घरमा ल्याएर खोल्ने अनेक प्रयास गरे, तर सकेनन् । त्यसपछि हम्मरले (टकटके गाउँले भाषामा) हानेर खोल्ने प्रयास गरे । हम्मरले हान्दा विस्फोट भयो ।

छेउछाउ भएका चार बालबालिका घाइते भए, अढाई वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन गम्भीर घाइते भए । दिउँसो साढे ३ बजे विस्फोटको आवाज सुनेपछि भेला भएका गाउँलेले उपचारका लागि लगे । दिलिप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको उपचारको क्रममा मृत्यु भयो ।

एक जना घाइते बालकको फिदिममा उपचार भइरहेको छ । अर्काे बालक उपचारपछि घर फर्किएका छन् ।फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुका अनुसार बारीमा भेटेको बस्तु खोल्न खोज्दा घटना भएको बताउँछन् ।

‘घटनापछि कहाँबाट ल्यायौं भनेर सोधीखोजी गर्दा नजिकै अम्रिसो बारीमा भेटेको भनेका छन्, त्यहाँ गएर खोज्दा अर्काे बम पनि भेटियो,’ माओवादी केन्द्रका नेतासमेत रहेका जबेगूले भने,‘यो बम द्वन्द्वकालकै जस्तो देखिन्छ ।’

उनका अनुसार बारीमा भेटिएको बम हेनमेड हो, तर हिजो पड्किएको कुन हो भन्ने खुलेको छैन । घटनास्थल आसपास अरु पनि बम छन कि भनेर खाजी भइरहेको छ ।

पाँचथरका प्रहरी  नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बारीमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । डिस्पोजका क्रममा बम हेनमेड सकेट रहेको खुलेको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा हिजो बिस्फोट भएको पनि हेनमेड सकेट नै रहेको देखिएको उनले बताए । ‘डिस्पोज गरेको बम हेनमेड सकेट हो, बिस्फोट भएको पनि हेनमेड सकेट हो भन्नेछ ,’उनले भने,‘ कति वर्ष पुरानो हो भन्ने फरेन्सिक जाँच पछि खुल्छ ।’

बम विष्फोट भएको घर आइतराज केरुङको हो, उनी माओवादी केन्द्र सशक्त संघर्षमा हुँदा पार्टी कार्यकर्ता थिए ।  २०६२ सालयता भने उनी सदरमुकाम फिदिममा व्यवसाय गरेर बस्छन् ।

उनको खाली रहेको घरमा  अहिले ज्ञानबहादुर राईको परिवार बस्छ, उनी भन्दा अगाडि मृतक बालबालिकाका बुबा दिलिप सावाको परिवार बस्थ्यो ।

माओवादी कार्यकर्ताको घर नजिकै खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै रहेको प्रहरी स्रोत बताउँछ । ‘त्यति बेला कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्छ,’ प्रहरी स्रोत भन्छ,‘ पहिले (द्वन्द्वकालमा) त्यो  माओवादीको चहलपहल हुने एरिया पनि हो ।’ प्रहरी नायव उपरीक्षक भण्डारीले पुरानो र खिया लागेका कारण बम द्वन्द्वकालकै जस्ताे देखिएकाे बताए ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.