भक्तपुरकाे क्यान्सर अस्पतालकाे सेवा अब कोशी अस्पतालमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरिएको छ । भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता भएपछि सेवा विस्तार भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जसमा भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार यातायात, खाजा लगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्ने उल्लेख छ ।

भक्तपुर क्यान्सर अस्पतालले सेवा सञ्चालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउने सम्झौता पत्रमा उल्लेख छ । महिनाको कम्तिमा एकपटक सेवा सञ्चालन गर्नुपर्ने र विस्तारित सेवामा बहिरंग अन्तरंग एवं उपचारसमेत समेटेर सेवा गर्नुपर्ने उल्लेख छ ।

कोशी अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्ने, सेवाग्राहीलाई विस्तारित सेवा बारे सूचना, कार्यतालिका र सेवा विवरण बारे जानकारी गराउने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कोशी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर रगिन कठेतले २०७२ साल कात्तिकदेखि सुरु गरिएको क्यान्सर रोगको सेवा विस्तार गरेर अहिले दैनिक ओपीडी सेवा, इन्डोर सेवा, डे–केयर केमोथेरापीसहितको ५ बेड सञ्चालनमा रहेको बताए ।

अस्पतालमा ब्रेस्टको सर्जरी, पेट तथा आन्द्राको सर्जरी, मृगौला तथा प्रोस्टेटको सर्जरी, छालाको क्यान्सर सर्जरी सञ्चालनमा छन् ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.