विराटनगर । ३५ वर्षदेखि हराइरहेका प्रकाश तामाङ गोरखा जिल्लाको उच्च हिमाली क्षेत्र चुमभ्यालीको छेकम्पारबाट घर फर्किएका छन् । हेर्ने कथा मार्फत परिवारको सम्पर्कमा आएका प्रकाश घर आएर काम नपाएपछि फेरि फर्किएका थिए । उनलाई नागरिकता दिने वातावरण प्रधानमन्त्री केपी शर्मा ओलीले मिलाएपछि चुमब्यालीबाट बिदा भएर फर्किएका हुन् ।
उनी अहिले आफ्ना आमाबाबु रहेको भोजपुरको छाप्लेगाउँ जानेछन् । भोजपुर जानुअघि प्रकाशले काठमाडौँ पुगेर प्रधानमन्त्रीलाई भेट्ने बताइएको छ । त्यसपछि उनी छाप्लेगाउँ फर्किनेछन् ।
उनी चुमब्यालीबाट सबैसँग बिदाई माग्दै प्रकाश गाउँ फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विद्या चापागाँईले सञ्चालन गरेको युट्युब च्यानल ‘हेर्ने कथा’ मा ‘हराएका वर्षहरू’ प्रकाशको कथा सार्वजनिक भएको थियो । घरबाट काठमाडौँ कामका लागि भन्दै ६ वर्षको उमेरमा हिँडेका प्रकाश हराएका थिए ।
करिब ३५ वर्षपछि हेर्ने कथा मार्फत उनको परिवारसँग पुनर्मिलन भएको थियो । परिवारको सम्पर्कमा आएपछि पुन चुमभ्याली नै फर्किएका प्रकाशलाई गाउँ फर्काउने अभियान नै चलेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)