चुमभ्यालीबाट बिदा भए प्रकाश, गाउँ फर्कने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ३५ वर्षदेखि हराइरहेका प्रकाश तामाङ गोरखा जिल्लाको उच्च हिमाली क्षेत्र चुमभ्यालीको छेकम्पारबाट घर फर्किएका छन् । हेर्ने कथा मार्फत परिवारको सम्पर्कमा आएका प्रकाश घर आएर काम नपाएपछि फेरि फर्किएका थिए । उनलाई नागरिकता दिने वातावरण प्रधानमन्त्री केपी शर्मा ओलीले मिलाएपछि चुमब्यालीबाट बिदा भएर फर्किएका हुन् ।

उनी अहिले आफ्ना आमाबाबु रहेको भोजपुरको छाप्लेगाउँ जानेछन् । भोजपुर जानुअघि प्रकाशले काठमाडौँ पुगेर प्रधानमन्त्रीलाई भेट्ने बताइएको छ । त्यसपछि उनी छाप्लेगाउँ फर्किनेछन् ।

उनी चुमब्यालीबाट  सबैसँग बिदाई माग्दै प्रकाश गाउँ फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विद्या चापागाँईले सञ्चालन गरेको युट्युब च्यानल ‘हेर्ने कथा’ मा ‘हराएका वर्षहरू’ प्रकाशको कथा सार्वजनिक भएको थियो ।  घरबाट काठमाडौँ कामका लागि भन्दै ६ वर्षको उमेरमा हिँडेका प्रकाश हराएका थिए ।

करिब ३५ वर्षपछि हेर्ने कथा मार्फत उनको परिवारसँग पुनर्मिलन भएको थियो । परिवारको सम्पर्कमा आएपछि पुन चुमभ्याली नै फर्किएका  प्रकाशलाई गाउँ फर्काउने अभियान नै चलेको  थियो ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.