सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

आज प्रदेशसभा बैठक बस्दैछ, आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

गत २७ बैशाखमा नेकपा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए ।

१७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेको थियो, तर समर्थन फिर्ता लिएको थिएन । माओवादीले सरकार छाडेपछि नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । तर मन्त्रीको नाम पठाएको छैन ।

‘आज दलको बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौँ,’ माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘माओवादी प्रतिपक्ष बस्छ ।’

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.