कोशीको प्रदेशसभा बैठक आज, कांग्रेस सत्तापक्षमा बस्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । ८ असारदेखि स्थगित प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्नेछ ।

८ असारको बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत्तापक्षमा बस्नेछ । सरकारमा सहभागी हुने निर्णय गरेपनि मन्त्रीको नाम पठाउन नसकेको नेपाली कांग्रेस सत्तापक्षमा बस्ने भएको हो । मन्त्रीको नाम पठाउन नसकेपनि पूर्व सहमति अनुसार सत्तापक्षमा बस्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेसले सत्ता पक्षमा बस्ने जानकारी गराएको छ । सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले प्रतिपक्षमा बस्ने जनाएको छ ।

‘नेपाली कांग्रेसले सत्ता पक्षमा बस्ने र माओवादी केन्द्रले प्रतिपक्षमा बस्ने जानकारी गराएको छ,’ प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले भने,‘ हामी त्यहीँ अनुसार सिट एरेन्ज गर्छौं ।’

कोशी प्रदेशमा कांग्रेसले साउन १२ मा हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी हुने सहमति गरेको थियो । चारवटा मन्त्रालय लिने सहमति गरेको कांग्रेसले साउन १२ मै दुई दिनभित्र मन्त्री पठाउने बताएको थियो । तर, आन्तरिक भागबन्डा मिलाउन भन्दै प्रदेशमा मन्त्रालय फुटाउन दबाब दियो ।

शीर्ष नेतृत्व तयार नभएपछि कोशीमा तत्काल मन्त्रालय नफुट्ने भएको छ, अब पूर्वसहमति अनुसार कांग्रेस ४ वटा मन्त्रालय लिएर सरकारमा जानेछ । तर, कहिले जाने भन्ने निश्चित छैन । सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसले भाका सारिरहेको छ । अब केन्द्रीय समिति बैठकपछि मात्रै सरकारमा सहभागि हुने कांग्रेस संसदीय दलका नेता थापा बताउँछन् । भदौ १६ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।

३ वटा विधेयक

कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् । भोलिको बैठकमा ३ वटै विधेयक संसद्मा टेवल हुनेछ ।

प्रदेशसभाका सचिव पराजुलीका अनुसार प्रदेश निजामती ऐन, २०७९ लाई संसोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

सबैभन्दा पहिला प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पास गर्ने दलहरूको तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.