पाँचथरमा बम बिष्फोट हुँदा दाजुबहिनीको मृत्यु 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाँचथरमा बम बिष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा ग्रिनेट बम बिष्फोट हुँदा दिलिप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम बिष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । बिष्फोटमा उनका चार छोरा छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था समान्य छ ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार बिष्फोट भएको बस्तु कुन बम हो भन्ने यकिन भएको छैन । हेर्दा होममेड ग्रिनेट जस्तो देखिएको उनले बताए । बिष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।

शङ्कास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटना स्थल तर्फ गएको छ । सेनाको टोली पुगेपछि बिस्फोट भएको बस्तुका बारेमा थाहा हुने उनले बताए । ‘होम मेड ग्रिनेट जस्तो देखिन्छ, तर यकिन भइसकेको छैन, बिष्फोट भएजस्तै बस्तु घटनास्थल नजिकै फेला परेको छ, नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि थाहा हुन्छ,’ उनले भने,‘ थप अनुसन्धान जारी छ ।’

प्रकाशित मिति: शुक्रबार, १४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.