चोरी सिकारी आरोपमा पूर्वडीआईजीसहित १० जनामाथि छानविन गर्दै प्रहरी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले वन्यजन्तुको चोरी सिकारी गरेको आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजीसहित १० जनामाथि प्रहरीले छानविन सुरु गरेकाे छ । सप्तकोशी कोशी नदी किनार क्षेत्रबाट सप्तरी प्रहरीले पक्राउ गरि छानविन सुरु गरेकाे हाे ।

प्रहरीले भने यो घटनाको आधिकारिक पुष्टि गरेको छैन । सप्तरी प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका पूर्वडीआईजी सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका ६१ वर्षीय ज्ञानविक्रम शाह, बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने, सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू पक्राउ परेका हुन् ।

उनीहरुलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट राइफल १, म्याग्जिन २, गोली १५ राउण्ड, बाइनाकुलर ३, ट्राइपोर्ट १ फलामको हथौडा १, खुर्पा १, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा मृत बँदेल बरामद भएको छ ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले बँदेल मारेको घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: बिहिबार, १३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.