विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताएका हुन् ।
संघीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उहाँलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए । उनले भने,‘ उहाँको शीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।’
पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनरमिलन भएको हो । ३५ वर्षदेखि परिवारसँग सम्पर्कबिहीन भएका प्रकाशको पुर्नमिलनको कथा हेर्ने कथा युट्युब च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)