काठमाडौं । घरेलु टोली नेपाललाई पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधि भिडन्तमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल पराजित गर्याे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न सकेन् । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । खेलको ७१ औं मिनेटमा रवि हुसेनले तेस्रो गोल गरे ।
नेपालका लागि समिर तामाङले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा चौथो गोल गर्दै बंगलादेशले नै गोल गर्दै उपाधि जित्यो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)