विराटनगरको रथयात्रामा पाँच लाख बढी सहभागी भएको दाबी ( भिडियाे )

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा सफल भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा सफल भएको हो ।

मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो ।

रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।रथयात्राका क्रममा विभिन्न झाकी पनि प्रस्तुत गरिएको थियो ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको थियो ।

यो वर्षको राधाकृष्ण रथयात्रामा विगतको भन्दा धेरै भक्तजन सहभागी भएको मूल समाराेह समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए । ‘ विगतमा पाँच लाख सहभागी भएको दाबी थियो, सबै क्षेत्रको रिपोर्ट अनुसार यो वर्ष गत वर्षको भन्दा धेरै भक्तजन सहभागी भएका छन्,’ कार्कीले भने ,‘ पाँच लाख भन्दा बढी सहभागी भएको आकलन छ ।’

 

प्रकाशित मिति: बुधबार, १२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.