विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा सफल भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा सफल भएको हो ।
मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो ।
रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।रथयात्राका क्रममा विभिन्न झाकी पनि प्रस्तुत गरिएको थियो ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको थियो ।
यो वर्षको राधाकृष्ण रथयात्रामा विगतको भन्दा धेरै भक्तजन सहभागी भएको मूल समाराेह समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए । ‘ विगतमा पाँच लाख सहभागी भएको दाबी थियो, सबै क्षेत्रको रिपोर्ट अनुसार यो वर्ष गत वर्षको भन्दा धेरै भक्तजन सहभागी भएका छन्,’ कार्कीले भने ,‘ पाँच लाख भन्दा बढी सहभागी भएको आकलन छ ।’







सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)