भव्य भयो विराटनगरको रथयात्रा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा  पाँच  लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा पाँच लाख बढी भक्तजन सहभागी भएको आयोजकले दाबी गरेको छ ।

मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियाे ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेको थियो ।

रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई पक्राउ गरिएको बताए ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो ।

प्रकाशित मिति: बुधबार, १२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.