भव्य भयो विराटनगरको रथयात्रा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा  पाँच  लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा पाँच लाख बढी भक्तजन सहभागी भएको आयोजकले दाबी गरेको छ ।

मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियाे ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेको थियो ।

रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई पक्राउ गरिएको बताए ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो ।

प्रकाशित मिति: बुधबार, १२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.