साफ यू-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साफ यू– २० च्याम्पियनसिपको उपाधिका नेपालले आज बंगलादेशसँग खेल्दैछ । घरेलु मैदानमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग दाेस्राे पटक खेल्न लागेकाे हाे । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो ।   समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।  दुवै टोलीले पेनाल्टीसुटआउटमा खेल जितेका थिए ।

फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि तयार भएको बताएका थिए ।

सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । सन् २०१७ मा राउन्ड राेविनका आधारमा नेपालले उपाधि जितेकाे थियाे ।

बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलम पराजित भएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, १२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.