साफ यू-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साफ यू– २० च्याम्पियनसिपको उपाधिका नेपालले आज बंगलादेशसँग खेल्दैछ । घरेलु मैदानमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग दाेस्राे पटक खेल्न लागेकाे हाे । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो ।   समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।  दुवै टोलीले पेनाल्टीसुटआउटमा खेल जितेका थिए ।

फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि तयार भएको बताएका थिए ।

सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । सन् २०१७ मा राउन्ड राेविनका आधारमा नेपालले उपाधि जितेकाे थियाे ।

बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलम पराजित भएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, १२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.