विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा सुरु भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट  निकालिने रथयात्रामा हजारौं भक्तजन सहभागी छन् । रथयात्राका क्रममा नेपाली सेनाकाे हेलिकप्टरबाट पुष्पवृष्टि गरिएकाे थियाे ।

विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथले बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन मन्दिरमा पुगेर समापन हुनेछ । रथयात्रामा सहभागी हुन नेपाल तथा भारतबाट भक्तजन आएका छन् ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोडहुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोकसम्म पुग्नेछ । रोडशेष चोकबाट महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका क्रममा ४३ स्थानमा रथलाई विस्राम दिइनेछ । रथयात्राका लागि रथलाई सजाइएको छ ।

विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खटको ९३ औं र रथको ५६ औं संस्करण हो । यो रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

प्रकाशित मिति: मङ्गलबार, ११ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.