विराटनगर । कोशी प्रदेशमा पहिलो पटक नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँदैछ । यसअघि सरकार गठनको जोड घटाउमा लागिरहेको माओवादी केन्द्र एमाले र कांग्रेसबीच गठबन्धन बनेपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको हो ।
प्रमुख प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रको संसदीय दलले दलको नेता बाहेक अन्य पदाधिकारी छानेकाे छैन ।
संसदीय दलमा दलको नेतासँगै दलको उपनेता, प्रमुख सचेतक र सचेतक रहने प्रावधान छ । १३ सांसद रहेको माओवादी केन्द्रमा दलको नेता इन्द्रबहादुर आङ्बो छन् । १२ पुस २०७९ मा दलको नेता चयन भएका आङ्बोले उपनेतासहित अन्य जिम्मेवारी तोकेका छैनन् ।
दलका नेता आङ्बो अब दलको अन्य जिम्मेवारी तोक्ने बताउँछन् ।
१४ भदौंमा प्रदेशसभाको बैठक बस्दैछ । संसद बैठककै दौरानमा दलको बैठक राखेर अन्य जिम्मेवारी तोक्ने आङ्बोले बताए ।
प्रमुख प्रतिपक्षमा पुगेपछि संसद सचिवालयबाट प्राप्त गर्ने सुविधा ग्रहणका लागि पनि दलकाे पदाधिकारी चयन गर्नुपर्छ ।
प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक पारिश्रमिक ५९ हजार पाउँछन् । त्यस बाहेक सरकारी गाडी, सवारी चालक र हरेक महिना १२५ लिटर इन्धन पाउँछन् । आवास सुविधा बापत २१ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारका लागि हरेक महिना ५ हजार सुविधा प्राप्त गर्छन् ।
प्रमुख प्रतिपक्षी दलको नेता बाहेक प्रमुख सचेतक र सचेतकले पनि सुविधा प्राप्त गर्छन् । प्रमुख सचेतकले पारिश्रमिक बापत मासिक ५७ हजार ८२०, सञ्चार सुविधा ३ हजार, सवारी साधन पनि पाउँछन् । सवारी नभए मासिक १५ हजार पाउँछन् । प्रमुख प्रतिपक्षी दलको सचेतकले पनि पारिश्रमिक ५५ हजार ४६० र यातायात खर्च मासिक ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।
कोशी प्रदेशमा माओवादीबाहेक अन्य दलले संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक तोकिसकेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)