माओवादी केन्द्र काेशीकाे संसदीय दलमा डेढ वर्षदेखि नेता मात्रै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशमा पहिलो पटक नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँदैछ । यसअघि सरकार गठनको जोड घटाउमा लागिरहेको माओवादी केन्द्र एमाले र कांग्रेसबीच गठबन्धन बनेपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको हो ।

प्रमुख प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रको संसदीय दलले दलको नेता बाहेक अन्य पदाधिकारी छानेकाे छैन ।

संसदीय दलमा दलको नेतासँगै दलको उपनेता, प्रमुख सचेतक र सचेतक रहने प्रावधान छ । १३ सांसद रहेको माओवादी केन्द्रमा दलको नेता इन्द्रबहादुर आङ्बो  छन् । १२ पुस २०७९ मा दलको नेता चयन भएका आङ्बोले उपनेतासहित अन्य जिम्मेवारी तोकेका छैनन् ।

दलका नेता आङ्बो अब दलको अन्य जिम्मेवारी तोक्ने बताउँछन् ।

१४ भदौंमा प्रदेशसभाको बैठक बस्दैछ । संसद बैठककै दौरानमा दलको बैठक राखेर अन्य जिम्मेवारी तोक्ने आङ्बोले बताए । 

प्रमुख प्रतिपक्षमा पुगेपछि संसद सचिवालयबाट प्राप्त गर्ने सुविधा ग्रहणका लागि पनि दलकाे पदाधिकारी चयन गर्नुपर्छ ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक पारिश्रमिक ५९ हजार पाउँछन् । त्यस बाहेक सरकारी गाडी, सवारी चालक र हरेक महिना १२५ लिटर इन्धन पाउँछन् । आवास सुविधा बापत २१ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारका लागि हरेक महिना ५ हजार सुविधा प्राप्त गर्छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता बाहेक प्रमुख सचेतक र सचेतकले पनि सुविधा प्राप्त गर्छन् । प्रमुख सचेतकले पारिश्रमिक बापत मासिक ५७ हजार ८२०, सञ्चार सुविधा ३ हजार, सवारी साधन पनि पाउँछन् । सवारी नभए मासिक १५ हजार पाउँछन् । प्रमुख प्रतिपक्षी दलको सचेतकले पनि पारिश्रमिक ५५ हजार ४६० र यातायात खर्च मासिक ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

कोशी प्रदेशमा माओवादीबाहेक अन्य दलले संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक तोकिसकेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, ११ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.