विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा दिउँसो ३ बजेबाट प्रारम्भ हुनेछ ।
रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
विराटनगर महानगरपालिका– १ स्थीति राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिन्छ । दिउँसो साढे ३ बजे मन्दिरबाट सुरु हुने रथले विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गर्ने छ ।
राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोडहुँदै जलजला चाेक, ट्राफिक चोकदेखि रोडशेष चोकसम्म पुग्नेछ । राेडशेष चाेकबाट महेन्द्र चोक, भृकुटी चाेक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका क्रममा ४३ स्थानमा रथलाई विस्राम दिइनेछ । रथयात्राका लागि रथलाई सजाइएको छ ।
विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खटको ९३ औं र रथको ५६ औं संस्करण हो । यो रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।
राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आउने गरेका छन् । रथयात्रालाई सुरक्षित र मर्यादित उच्च सतर्कता अपनाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
प्रहरीले यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट रोक्नका लागि विगतमा अवाञ्छित गतिविधि गर्दै आएका र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइसकेको छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)