विराटनगरको रथयात्राका लागि काेशी प्रदेशमा बिदा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने  राधाकृष्ण रथयात्राका लागि काेशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मंगलबार  प्रदेशका १४ वटै जिल्लामा बिदा दिएको हो ।

विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको थियो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ । विराटनगर महानगरपालिका– १ स्थीति राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ विराटनगर निकालिन्छ । मंगलबार दिउँसो साढे ३ बजे मन्दिरदेखि सुरु हुने रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

संघीय सरकारले दिएका सार्वजनिक बिदाहरूबाहेक वर्षभरिमा प्रदेशलाई थप ६ वटा बिदा दिने सुविधा छ । महानगरमा निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेश भरि बिदा दिएको हो ।

२०८० चैत ९ गतेकाे निर्णय अनुसार प्रकाशित राजपत्रमा भदौं ११ गते राधाकृष्ण रथयात्रा, छठ पर्वमा कात्तिक २३ गते र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशभर बिदा दिने उल्लेख छ । त्यस्तै सिरुवा पर्वमा बैशाख २ गते, झापा मोरङ सुनसरी र उदयपुर र भदौं २३ गते ऋषि पञ्चमीमा प्रदेशभरि महिला कर्मचारीलाई मात्रै बिदा दिने उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, १० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.