विराटनगर । विराटनगरमा तिजको अवसरमा ‘नारी उत्सव’ गरिने भएको छ । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिला उद्यमीका उत्पादन प्रवर्धन र बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ ‘नारी उत्सव’ गरिने भएको हो ।
नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरस्थित सिटी पार्टी प्यालेसमा ‘नारी उत्सव’ हुने समितिले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । समितिकी संयोजक श्रुति शर्माले घरायसी उत्पादनलाई बजारमा ल्याई महिला उद्यमीका लागि प्लेटफर्म निर्माणका लागि नारी उत्सव सञ्चालन गर्न लागिएको बताइन् ।
उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा संलग्न महिला उद्यमीहरूको उत्पादन तथा सेवाको प्रवर्धन गर्न उत्सवले सहयोग पुग्ने विश्वासकासाथ महोत्सव गर्न लागेको बताउँदै, संयोजक शर्माले भनिन्, ‘महिलाले उत्पादन गर्ने तर बजार प्रवर्धन गर्न नसकेका कारण उनीहरुले उत्पादन गरेको सामाग्री स्थानीय बजारमै सस्तो बेच्नु पर्ने बाध्य रहँदै आएको थियो । उत्पादनकर्ता र उपभोगकर्ताबीचको सम्बन्ध बिस्तार गरी आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले नारी महोत्सव गर्न लागिएको हो ।’
महोत्सवमा तेह्रथुम, पाँचथर, इलाम, काठमाडौं र भारतका महिला व्यवसायीको ६० वटा स्टल राखिने छ । जसमा १० वटा खाद्यान्न, कृषिलगायतका ५० वटा व्यवसायिक स्टल रहने छन् । महोत्सवमा कलाकारहरूले मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्नेछन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले महोत्सव आयोजनाका लागि १२ देखि १५ लाख रुपैयाँ खर्च र ४० देखि ५० लाखको कारोबार हुने अनुमान गरेको बताए ।
मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजालले महिला उद्यमीहरूलाई प्रोत्साहन र महिलाहरूले उत्पादन गरेका उत्पादनहरूको प्रवर्धनका लागि उत्सव सहयोगी हुने विश्वास व्यक्त गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)