विराटनगरमा भारतीय नम्बर प्लेटको कारमा भेटियो ७२ किलो गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटको कारबाट आइतबार बिहान गाँजा बरामद भएको छ । विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर कारबाट ७२ किलो गाँजा बरामद भएको हो ।

रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई प्रहरीले रोक्ने क्रममा कारका चालक कार लक गरेर फरार भएका थिए ।

कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

करनजिकै रहेका ३ जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.