विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटको कारबाट आइतबार बिहान गाँजा बरामद भएको छ । विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर कारबाट ७२ किलो गाँजा बरामद भएको हो ।
रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई प्रहरीले रोक्ने क्रममा कारका चालक कार लक गरेर फरार भएका थिए ।
कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
करनजिकै रहेका ३ जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)