झापामा बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार गरेकाे आराेपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ  । एक जना फरार छन् । प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो । बालिकाले शनिबार जाहेरी दिएपछि ६ जनालाई पक्राउ परेका हुन् ।

झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार शुक्रबार राति छुट्टाछुट्टै स्थानमा घटना भएको देखिन्छ । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेकाे उनले बताए ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका  – ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ ।

प्रहरीका अनुसार बालिकालाई घुम्न जाने भन्दै बोलाएर लगेका थिए । राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्‍याइएको देखिएको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका – ५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ । अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।

अनिष,सरोज र केशवले सुरुमा हटियामा करणी गरेको आरोप छ । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित अरु ४ जनाले करणी गरेको देखिएको प्रहरीले बताएको छ ।

होटल सञ्चालक राजवंशी हुन्, सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार सञ्जीव तामाङ फरार छन् ।  बलात्कारबाट पीडित भएकी बालिकाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.