स्मार्ट कार्ड नआएपछि कोशीमा अस्थायी लाइसेन्स बाड्ने तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईमा ढिलो भएपछि अस्थायी लाइसेन्स कार्ड बाँड्ने तयारी गरेको छ । सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) पास गरेकाहरूलाई अस्थायी स्मार्ट कार्ड बाँड्ने तयारी गरेको हो ।

सङ्घीय सरकारले यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो ।

यातायात व्यवस्था विभागले युजर आइडी प्रदेश सरकारलाई दिएपछि भदौ भित्रैबाट अस्थायी कार्ड बाड्ने तयारी भएको आन्तरिक मामिला कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।

प्रदेशले बाँड्ने अस्थायी लाइसेन्स कार्ड क्यूआर कोडसहितको हुनेछ ।

स्मार्ट कार्ड छपाई गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर र अस्थायी लाइसेन्स कार्ड ५० हजार ल्याइसकेको छ ।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आफ्नो प्रदेशको सवारी चालक अनुमतिपत्र मन्त्रालय स्वयंले छपाई गरी वितरण गर्न २०८० वैशाख ४ गते निर्णय गरी परिपत्र गरेको थियो ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.