स्मार्ट कार्ड नआएपछि कोशीमा अस्थायी लाइसेन्स बाड्ने तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईमा ढिलो भएपछि अस्थायी लाइसेन्स कार्ड बाँड्ने तयारी गरेको छ । सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) पास गरेकाहरूलाई अस्थायी स्मार्ट कार्ड बाँड्ने तयारी गरेको हो ।

सङ्घीय सरकारले यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो ।

यातायात व्यवस्था विभागले युजर आइडी प्रदेश सरकारलाई दिएपछि भदौ भित्रैबाट अस्थायी कार्ड बाड्ने तयारी भएको आन्तरिक मामिला कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।

प्रदेशले बाँड्ने अस्थायी लाइसेन्स कार्ड क्यूआर कोडसहितको हुनेछ ।

स्मार्ट कार्ड छपाई गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर र अस्थायी लाइसेन्स कार्ड ५० हजार ल्याइसकेको छ ।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आफ्नो प्रदेशको सवारी चालक अनुमतिपत्र मन्त्रालय स्वयंले छपाई गरी वितरण गर्न २०८० वैशाख ४ गते निर्णय गरी परिपत्र गरेको थियो ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.