साफ च्याम्पियनसिपको सेमिफाइनलमा भुटानसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडाैँ । साफ यु – २० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भुटानसँग खेल्दैछ । घरेलु मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि नेपालले भुटानसँग खेल्न लागेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

सन् २०१५ मा नेपालबाट साफ यु – १९ च्याम्पियनसिपको नामबाट सुरु भएको प्रतियोगिताको दुई संस्करणमा च्याम्पियन बनेको नेपाल तेस्रोपटक सेमिफाइनल खेल्दैछ । भुटान पनि तेस्रोपटक सेमिफाइनल खेल्दैछ । यसअघिको दुवै सेमिफाइनलमा भुटान पराजित भएको थियो । यसपटक भुटान इतिहास रच्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.