साफ च्याम्पियनसिपको सेमिफाइनलमा भुटानसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडाैँ । साफ यु – २० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भुटानसँग खेल्दैछ । घरेलु मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि नेपालले भुटानसँग खेल्न लागेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

सन् २०१५ मा नेपालबाट साफ यु – १९ च्याम्पियनसिपको नामबाट सुरु भएको प्रतियोगिताको दुई संस्करणमा च्याम्पियन बनेको नेपाल तेस्रोपटक सेमिफाइनल खेल्दैछ । भुटान पनि तेस्रोपटक सेमिफाइनल खेल्दैछ । यसअघिको दुवै सेमिफाइनलमा भुटान पराजित भएको थियो । यसपटक भुटान इतिहास रच्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

प्रकाशित मिति: आइतबार, ०९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.