मोरङ बारको अध्यक्षमा मण्डल निर्विरोध निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हरिशङ्कर मण्डल कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसन मोरङ बार इकाइको अध्यक्ष निर्वाचित भएका छन् ।

शुक्रबार १९ औं कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा मण्डलको मात्रै उम्मेदवारी परेको थियो । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । मण्डल प्रजातान्त्रिक कानुन व्यावसायी सङ्घ निकट हुन् ।

जिल्ला समितिको उपाध्यक्षमा नवराजप्रसाद दाहाल, सचिवमा खड्गबहादुर निरौला, सहसचिवमा धन थापा कार्की र कोषाध्यक्षमा बेनुप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल बार एसोसिएसन केन्द्रीय समिति अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको उपस्थितिमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

जिल्ला समितिको सदस्यमा पूर्ण गौतम, भरत कटुवाल, हरिकुमार पोखरेल ,बिमला भट्टराई वस्ती, श्रुती अर्याल, विशाल दाहाल, हरिराज पौडेल, विनोद यादव, सुरजकुमार गच्छदार सिमन्स थापा, अरमान कटुवाल, कमला भट्टराई र राजनारायण चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् । मोरङ बार इकाइले १५ जना केन्द्रीय पार्षद पनि निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, ०७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.