मोरङ बारको अध्यक्षमा मण्डल निर्विरोध निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हरिशङ्कर मण्डल कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसन मोरङ बार इकाइको अध्यक्ष निर्वाचित भएका छन् ।

शुक्रबार १९ औं कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा मण्डलको मात्रै उम्मेदवारी परेको थियो । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । मण्डल प्रजातान्त्रिक कानुन व्यावसायी सङ्घ निकट हुन् ।

जिल्ला समितिको उपाध्यक्षमा नवराजप्रसाद दाहाल, सचिवमा खड्गबहादुर निरौला, सहसचिवमा धन थापा कार्की र कोषाध्यक्षमा बेनुप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल बार एसोसिएसन केन्द्रीय समिति अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको उपस्थितिमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

जिल्ला समितिको सदस्यमा पूर्ण गौतम, भरत कटुवाल, हरिकुमार पोखरेल ,बिमला भट्टराई वस्ती, श्रुती अर्याल, विशाल दाहाल, हरिराज पौडेल, विनोद यादव, सुरजकुमार गच्छदार सिमन्स थापा, अरमान कटुवाल, कमला भट्टराई र राजनारायण चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् । मोरङ बार इकाइले १५ जना केन्द्रीय पार्षद पनि निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, ०७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.