विराटनगर । काेशी प्रदेश सरकारमा सहभागी हुने विषयमा नेपाली कांग्रेसले आन्तरिक भागबन्डा मिलाएको छ ।
सरकारमा सहभागी हुने निर्णय गरेपनि आन्तरिक भागबन्डा नमिलेका कारण कांग्रेस सरकारमा सहभागि भएकाे छैन । शीर्ष नेताहरूले २,२ र १ काे भाग मिलाएका हुन् । सभापति शेरबहादुर देउवा पक्ष र डाक्टर शेखर काेइराला पक्ष २-२ र कृष्णप्रसाद सिटाैला पक्षले एक मन्त्रालय पाउनेछ्न् ।
कांग्रेसकाे आन्तरिक भाग मिलाएर अनुसारकाे व्यवस्थापनका लागि काेशीमा मन्त्रालय विभाजन गर्नुपर्छ । तर मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार भइसकेका छैनन् । मन्त्रालय विभाजन नगरे कांग्रेसलाई सहमतिकाे भन्दा एउटा बढी मन्त्रालय दिनुपर्ने हुन्छ । किनकी १२ साउनमा कांग्रेस एमालेबीचमा कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएकाे थियाे ।
कांग्रेसकाे आन्तरिक सहमति अनुसार अघि बढ्नका लागि मुख्यमन्त्री कार्कीसँग दुई वटा विकल्प छन्, पहिलाे भएकै मन्त्रालयबाट कांग्रेसलाई पाँच मन्त्रालय दिने, दाेस्राे मन्त्रालय विभाजन गर्ने ।
मुख्यमन्त्री कार्की यी दुबै विकल्पमा तयार छैनन । प्रदेशमा अहिलेकै अवस्थामा मन्त्रालय नफुट्ने उनले बताए । काेशी प्रदेशमा नौ वटा मन्त्रालय छन् । कांग्रेसकाे चाहना विभाजन गरेर ११ बनाउने छ । प्रदेशकाे आवश्यकता अनुसार विभाजन गर्नु पर्ने कांग्रेस दलका नेता उद्धव थापाले बताए । तर मुख्यमन्त्री कार्की भन्छन्,’हुँदै हुँदैन, त्याे सम्भव छैन ।’
‘उहाँहरूलाई पाँच वटा मन्त्रालय दिएर हामी एउटा कममा बस्नु पर्ने अरे ?’ कांग्रेसकाे आन्तरिक सहमतिका बारे उनले भने,’… नाै वटै लिए भयाे नि त !’
‘अहिले सम्भव छैन, त्याे (विभाजन) गरिदैन, उहाँहरुकाे चाहाना हाेला तर सम्भावना देख्दिन,’उनले भने,’ त्याे गर्दै हुँदैन, अहिले सम्भव छैन ।’ केन्द्रबाट थप अधिकार आयाे भने हुनसक्ने उनले बताए । ‘माथिबाट प्रहरी समायोजन र अरु अधिकार थपिएपछि (विभाजन) हुने सम्भावना हुन्छ,’ उनले भने,’ अहिले हुँदैन, त्याे सम्भव छैन ।’
नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक गोपाल तामाङले पनि आन्तरिक छलफलपछि सरकारमा सहभागिताको विषय टुङ्गो लागेको बताए । ‘औपचारिक जानकारी त छैन, तर पाँच मन्त्रालयकाे अनौपचारिक जानकारी आएको छ,’ उनले भने,‘ औपचारिक जानकारी आएपछि सरकारमा सहभागी हुन्छौं ।’
गत १२ साउनमा कांग्रेस एमालेबीच कोशी ४–४ मन्त्रालय भागबन्डा गर्ने सहमति थियो । तर नेपाली कांग्रेस भित्र डाक्टर शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय दाबी गरेपछि टुङ्गो लागेको थिएन । शीर्ष नेताबीच काेशी प्रदेशमा ११ वटा मन्त्रालय बनाउने सहमति भएको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले जानकारी दिए । केन्द्रीय समितिको बैठकपछि प्रदेशका विषयमा औपचारिक निर्णय आउने उनको भनाई छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)