मुला लोड भएको ट्रकमा १४ सय किलो गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको धरानबाट प्रहरीले एक हजार चार सय २० किलो गाँजासहित दुई जनालाई पक्राउ गेको छ । धनकुटाबाट धरान तर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार चार सय २० किलो गाँजा बरामद गरेको हो ।

गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका– ७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो

प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को १ ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ ।

गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुई जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: बिहिबार, ०६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.