काेशी प्रदेशसभाकाे बैठक १४ भदाैदेखि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभा (संसद) बैठकको मिति परिवर्तन गरेको छ । मंगलबार दिउँसो प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक भदौ १८ मा बोलाएको थियो । लगतै अर्को सूचना जारी गरेर प्रदेशसभा बैठक भदौ १४ लाई बोलाइएको छ ।

सुरुमा १८ भदौमा बैठक रहेको सूचना जारी गरेका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मिति परिवर्तन भएको अर्को सूचना जारी गरेका हुन् । जसमा बैठक भदौ १४ गतेका लागि आह्वान गरिएको छ ।

दुइतिहाई बहुमत सरकारको छायाँमा प्रदेशसभा परेको भन्दै प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक बोलाएका थिए । असार ८ मा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । सभामुखले पनि उनलाई सहज हुनेगरी समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.