काेशी प्रदेशसभाकाे बैठक १४ भदाैदेखि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभा (संसद) बैठकको मिति परिवर्तन गरेको छ । मंगलबार दिउँसो प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक भदौ १८ मा बोलाएको थियो । लगतै अर्को सूचना जारी गरेर प्रदेशसभा बैठक भदौ १४ लाई बोलाइएको छ ।

सुरुमा १८ भदौमा बैठक रहेको सूचना जारी गरेका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मिति परिवर्तन भएको अर्को सूचना जारी गरेका हुन् । जसमा बैठक भदौ १४ गतेका लागि आह्वान गरिएको छ ।

दुइतिहाई बहुमत सरकारको छायाँमा प्रदेशसभा परेको भन्दै प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक बोलाएका थिए । असार ८ मा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । सभामुखले पनि उनलाई सहज हुनेगरी समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.