रंगेलीको माछा पोखरी दाजुभाइ डुबे : एक जनाको मृत्यु, एक जना घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रंगेलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रंगेली नगरपालिका–५ भेरुवाथानस्थित मामाघर गएका नाबालक दाजुभाइ मंगलबार दिउँसो पोखरीमा डुबेका थिए ।

प्रहरीका अनुसार मोरङको कटहरी गाउँपालिका–५ घर भएका रञ्जीत ठाकुरका छोराहरु २ वर्षीय नीरज र ६ वर्षीय मनिष ठाकुर रंगेलीस्थित मामाघर गएका थिए ।

दुवै जनालाई मामाघरको पछाडि रहेको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो १२ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार दुवै जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ भाइ नीरजलाई चिकित्सकले मृत घोषित गरेको थियो ।

मध्यम अवस्थाका मनिषको उपचार भइरहेको छ । डीएसपी बस्नेतका अनुसार नाबालक दाजुभाइ खेल्ने क्रममा त्यहाँ पुगेको र पोखरीमा खसेर डुबेको हुनसक्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.