रंगेलीको माछा पोखरी दाजुभाइ डुबे : एक जनाको मृत्यु, एक जना घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रंगेलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रंगेली नगरपालिका–५ भेरुवाथानस्थित मामाघर गएका नाबालक दाजुभाइ मंगलबार दिउँसो पोखरीमा डुबेका थिए ।

प्रहरीका अनुसार मोरङको कटहरी गाउँपालिका–५ घर भएका रञ्जीत ठाकुरका छोराहरु २ वर्षीय नीरज र ६ वर्षीय मनिष ठाकुर रंगेलीस्थित मामाघर गएका थिए ।

दुवै जनालाई मामाघरको पछाडि रहेको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो १२ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार दुवै जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ भाइ नीरजलाई चिकित्सकले मृत घोषित गरेको थियो ।

मध्यम अवस्थाका मनिषको उपचार भइरहेको छ । डीएसपी बस्नेतका अनुसार नाबालक दाजुभाइ खेल्ने क्रममा त्यहाँ पुगेको र पोखरीमा खसेर डुबेको हुनसक्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.