झापा । झापामा एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुका शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्नेत अन्दाजी ४७ वर्षीय ओमप्रकाश अधिकारीले पत्नी अन्दाजी ५२ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार घरयासी विवादका कारण पतिले पत्नीको घाँटीमा खुकुरीले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साँझ ६ः३५ बजेतिर पतिले खुकुरी प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी चन्दले बताए । उनका अनुसार पत्नीको हत्यामा संलग्न ओमप्रकाशलाई खुकुरीसहित पक्राउ गरिएको छ । ओमप्रकाशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।
झापामै बाबुले दाउ प्रहार गरेर छोरालाई घाइते बनाएका छन् । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजी ३० वर्षीय डिल्लीराम दाहाललाई साँझ ७ः१० बजेतिर दाउले प्रहार गरेको डीएसपी चन्दले बताए ।
उनका अनुसार खाना खाने विषयलाई लिएर विवाद हुँदा बाबुले छोरालाई धारिलो हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाबुले दाउ प्रहार गर्दा डिल्लीरामको टाउको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते अवस्थाका डिल्लीरामको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)