झापामा महिलाको हत्या, श्रीमान पक्राउ

Satya Sanchar सत्य सञ्चार

झापा । झापामा एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको  श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बेलुका शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्नेत अन्दाजी ४७ वर्षीय ओमप्रकाश अधिकारीले पत्नी अन्दाजी ५२ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार घरयासी विवादका कारण पतिले पत्नीको घाँटीमा खुकुरीले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साँझ ६ः३५ बजेतिर पतिले खुकुरी प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी चन्दले बताए । उनका अनुसार पत्नीको हत्यामा संलग्न ओमप्रकाशलाई खुकुरीसहित पक्राउ गरिएको छ । ओमप्रकाशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

झापामै बाबुले दाउ प्रहार गरेर छोरालाई घाइते बनाएका छन् । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजी ३० वर्षीय डिल्लीराम दाहाललाई साँझ ७ः१० बजेतिर दाउले प्रहार गरेको डीएसपी चन्दले बताए ।

उनका अनुसार खाना खाने विषयलाई लिएर विवाद हुँदा बाबुले छोरालाई धारिलो हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाबुले दाउ प्रहार गर्दा डिल्लीरामको टाउको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते अवस्थाका डिल्लीरामको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.