काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट सहज रुपमा विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए । यो संख्या दुई तिहाइ भन्दा बढी हो ।
आचार्यले राखेको प्रस्तावको विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् ।
८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद प्रतिपक्षमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)