आलाेचना भएपछि सभामुखले बोलाए प्रदेशसभा बैठक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदले पनि दबाब दिएपछि कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक बोलाएका छन् । ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक १८ भदौंका लागि बोलाएका हुन् ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयरी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए ।

कांग्रेस दलका नेता उद्धव थापाले पनि तत्काल बैठक नबोलाउन आग्रह गरेका थिए । सभामुखले पनि  मुख्यमन्त्रीलाई सहज हुनेगरी दुई साता समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् ।

दुई तिहाई बहुमत सरकारको छायाँमा सांसद परेको भन्दै माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको कामबारे समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको थियो ।

पूर्व मुख्यमन्त्री केदार कार्की र एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि तत्काल बैठक बोलाउन माग गरेका थिए । मुख्यमन्त्रीको ग्रिन सिग्नल पर्खिरहेका सभामुख विष्टले सत्तारुढ दल एमाले र कांग्रेसका सांसदले पनि दबाब दिएपछि मुख्यमन्त्रीलाई सहज हुनेगरी दुई साताको समय दिएर बैठक बोलाएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

प्रदेशमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा टेवल गरेको छ । प्रदेशसभा बैठक नबस्दा विधेयकमाथिको छलफल अघि बढेको छैन ।

प्रकाशित मिति: मङ्गलबार, ०४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.