आलाेचना भएपछि सभामुखले बोलाए प्रदेशसभा बैठक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदले पनि दबाब दिएपछि कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक बोलाएका छन् । ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक १८ भदौंका लागि बोलाएका हुन् ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयरी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए ।

कांग्रेस दलका नेता उद्धव थापाले पनि तत्काल बैठक नबोलाउन आग्रह गरेका थिए । सभामुखले पनि  मुख्यमन्त्रीलाई सहज हुनेगरी दुई साता समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् ।

दुई तिहाई बहुमत सरकारको छायाँमा सांसद परेको भन्दै माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको कामबारे समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको थियो ।

पूर्व मुख्यमन्त्री केदार कार्की र एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि तत्काल बैठक बोलाउन माग गरेका थिए । मुख्यमन्त्रीको ग्रिन सिग्नल पर्खिरहेका सभामुख विष्टले सत्तारुढ दल एमाले र कांग्रेसका सांसदले पनि दबाब दिएपछि मुख्यमन्त्रीलाई सहज हुनेगरी दुई साताको समय दिएर बैठक बोलाएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

प्रदेशमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा टेवल गरेको छ । प्रदेशसभा बैठक नबस्दा विधेयकमाथिको छलफल अघि बढेको छैन ।

प्रकाशित मिति: मङ्गलबार, ०४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.