प्रदेशसभा बैठक बोलाउन एमाले प्रमुख सचेतक र पूर्वमुख्यमन्त्रीको माग

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक बोलाउन सत्तारुढ दलका सांसदले माग गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले तत्काल बैठक बोलाउन माग गरेका हुन् ।

कोशी प्रदेशसभाको बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक नबसेपछि सत्तारुढ दलका सांसदले नै बैठक बोलाउन माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यसअघि नै बैठक बोलाउन माग गरेको थियो ।

नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले तत्कालै बैठक बोलाउन सभामुखलाई आग्रह गरे । ‘ सरकारले चाहेन भनेर हुँदैन सभामुखले बैठक बोलाउनुपर्छ,’ प्रमुख सचेतक भण्डारीले भने,‘ दुई महिना भइसक्यो तत्काल बैठक बोलाउनु पर्छ ।’ सरकारको परामर्श गरेर सभामुख बिष्टले तत्काल बैठक बोलाउनु पर्ने उनको भनाई छ ।

प्रदेश सभाको बैठक नबस्दा प्रदेश सभामा दर्ता भएका विधेयकहरू अलपत्र परेको उनले बताए । सरकारको पूर्णताको विषयलाई देखाएर प्रदेश सभालाई लामो समय बन्धक बनाउन नहुने उनको भनाई छ ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसलाई देखाएर बैठक रोक्न नहुने बताए ।

‘नेपाली कांग्रेसको कारण कोशीको संसद बस्न नसकेको भन्ने समाचार हास्यास्पद हो न त दलको निर्णय न त दलको नेताको अभिव्यक्ति नै बाहिर आएको छ,’ उनले भने,‘ संसद् नियमावली अनुसार संसद् चल्छ। यो बर्खाको विपद्‌मा सबै भन्दा बढ़ी क्षति कोशीले व्यहोरेको छ । जनताको आवाज उठाउने थलो  संसद कुनै पनि बहानामा छल्न पाइदैन ।’ ८ असारमा प्रदेशको वार्षिक बजेट पारित भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, ०४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.