विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक बोलाउन सत्तारुढ दलका सांसदले माग गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले तत्काल बैठक बोलाउन माग गरेका हुन् ।
कोशी प्रदेशसभाको बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक नबसेपछि सत्तारुढ दलका सांसदले नै बैठक बोलाउन माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यसअघि नै बैठक बोलाउन माग गरेको थियो ।
नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले तत्कालै बैठक बोलाउन सभामुखलाई आग्रह गरे । ‘ सरकारले चाहेन भनेर हुँदैन सभामुखले बैठक बोलाउनुपर्छ,’ प्रमुख सचेतक भण्डारीले भने,‘ दुई महिना भइसक्यो तत्काल बैठक बोलाउनु पर्छ ।’ सरकारको परामर्श गरेर सभामुख बिष्टले तत्काल बैठक बोलाउनु पर्ने उनको भनाई छ ।
प्रदेश सभाको बैठक नबस्दा प्रदेश सभामा दर्ता भएका विधेयकहरू अलपत्र परेको उनले बताए । सरकारको पूर्णताको विषयलाई देखाएर प्रदेश सभालाई लामो समय बन्धक बनाउन नहुने उनको भनाई छ ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसलाई देखाएर बैठक रोक्न नहुने बताए ।
‘नेपाली कांग्रेसको कारण कोशीको संसद बस्न नसकेको भन्ने समाचार हास्यास्पद हो न त दलको निर्णय न त दलको नेताको अभिव्यक्ति नै बाहिर आएको छ,’ उनले भने,‘ संसद् नियमावली अनुसार संसद् चल्छ। यो बर्खाको विपद्मा सबै भन्दा बढ़ी क्षति कोशीले व्यहोरेको छ । जनताको आवाज उठाउने थलो संसद कुनै पनि बहानामा छल्न पाइदैन ।’ ८ असारमा प्रदेशको वार्षिक बजेट पारित भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)