विराटनगर । बाढी प्रभावितलाई डेढलाख मुल्य बराबरको राहत सामग्री पुर्याउन कोशी प्रदेश सरकारका दुई मन्त्रीसहित १६ जनाको टोली सोलुखुम्बु सदरमुकाम सल्लेरी पुगेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका-५ को थामे बजारमा बाढीका कारण विस्थापित भएकाहरुका लागि ओढ्ने–ओछ्याउने सामग्री लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीसहित १६ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो ।
राहत सामग्रीमा फाइबर सिरक, फाइबरकै सिरानी, म्याट्रेस र तन्ना ५०–५० थान छन् ।
प्रदेश सरकारकाे टाेलीले सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई आज राहत सामग्री हस्तान्त्रण गरेकाे छ ।
बाढी प्रभावित क्षेत्र थामेमा पुग्न सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिंड्नुपर्छ । घटनास्थलसम्म पुग्न समय लाग्ने भएका कारण प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्त्रण गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले बताए ।
प्रदेश सरकारले राहत सामग्री खरिद गर्नका लागि करिब डेढ लाख रुपैयाँ खर्च गरेको छ । राहत सामग्री सोलु पुर्याउन ट्रकलाई ३७ हजार रुपैयाँ भाडा तिरिएको छ । दुई मन्त्री सहितको टोली भने तीनवटा गाडी चढेर सोमबार सोलु सदरमुकाम गएका थिए । राहत लागत भन्दा पुर्याउन जाँदाको खर्च धेरै हुने भन्दै सरकारको आलोचना भइरहेको छ ।
‘डेढ लाखको राहत सामग्रीका लागि दुई मन्त्री दलबल सहित पुग्नु राम्रो होइन’ प्रदेश सरकार स्रोतले भन्यो, ‘विभागीय जिम्मेवारी भएकाले आन्तरिक मामिला मन्त्री जानु स्वाभाविकै हो, खानेपानी मन्त्री पनि जानुको अर्थ छैन, त्यो उहाँको क्षेत्र पनि होइन ।’
सो क्षेत्रका एमाले सांसद बुद्धिकुमार राजभण्डारी भने काठमाडौँमा छन् । उनले राहत वितरणका लागि आफू नगएको बताए ।
३२ साउनमा हिमपोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)