डेढ लाखको राहत पुर्याउन कोशीका दुई मन्त्रीसहित १६ जनाको टोली सल्लेरीमा

Satya Sanchar सत्य सञ्चार संवाददाता

विराटनगर । बाढी प्रभावितलाई डेढलाख मुल्य बराबरको राहत सामग्री पुर्याउन कोशी प्रदेश सरकारका दुई मन्त्रीसहित १६ जनाको टोली सोलुखुम्बु सदरमुकाम सल्लेरी पुगेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका-५ को थामे बजारमा बाढीका कारण विस्थापित भएकाहरुका लागि ओढ्ने–ओछ्याउने सामग्री लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीसहित १६ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो ।

राहत सामग्रीमा फाइबर सिरक, फाइबरकै सिरानी, म्याट्रेस र तन्ना ५०–५० थान छन् ।

प्रदेश सरकारकाे टाेलीले सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई आज राहत सामग्री हस्तान्त्रण गरेकाे छ ।

बाढी प्रभावित क्षेत्र थामेमा पुग्न सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिंड्नुपर्छ  । घटनास्थलसम्म पुग्न समय लाग्ने भएका कारण प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्त्रण गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले बताए । 

प्रदेश सरकारले राहत सामग्री खरिद गर्नका लागि करिब डेढ लाख रुपैयाँ खर्च गरेको छ । राहत सामग्री सोलु पुर्याउन ट्रकलाई ३७ हजार रुपैयाँ भाडा तिरिएको छ । दुई मन्त्री सहितको टोली भने तीनवटा गाडी चढेर सोमबार सोलु सदरमुकाम गएका थिए । राहत लागत भन्दा पुर्याउन जाँदाको खर्च धेरै हुने भन्दै सरकारको आलोचना भइरहेको छ ।

‘डेढ लाखको राहत सामग्रीका लागि दुई मन्त्री दलबल सहित पुग्नु राम्रो होइन’ प्रदेश सरकार स्रोतले भन्यो, ‘विभागीय जिम्मेवारी भएकाले आन्तरिक मामिला मन्त्री जानु स्वाभाविकै हो, खानेपानी मन्त्री पनि जानुको अर्थ छैन, त्यो उहाँको क्षेत्र पनि होइन ।’

सो क्षेत्रका एमाले सांसद बुद्धिकुमार राजभण्डारी भने काठमाडौँमा छन् । उनले राहत वितरणका लागि आफू नगएको बताए ।

३२ साउनमा हिमपोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, ०४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.