कार्यकर्ताका लागि एमालेको आचारसंहिता : नेतृत्वकाविरुद्ध नबोल्नु, नलेख्नु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी र नेतृत्वविरुद्ध बोल्न नमिल्ने गरी आचारसंहिता जारी गरेको छ । कार्यकर्ताको आलोचनासँग डराएको एमालेले आचारसंहिता जारी गर्दै पार्टी र नेतृत्वविरुद्ध नबोल्न भनेको हो ।

शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको छ, जसमा पार्टी नीति, नेतृत्व र निर्णय विरुद्ध बोल्न र कार्य गर्न नहुने उल्लेख छ । फेसबुक वा सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित गरि लेख्न नहुने र मिडियामा सूचना नदिन पनि भनेको छ ।

यस्तो छ आचारसंहिता

१, पार्टीको निती बिधी, बिधान, पद्धति र संस्थागत प्रणाली भन्दा बाहिर जान र कुनैपनि कार्य गर्न नहुने ।

२, गुटबन्दीपुर्ण गतिबिधी र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरु गर्ने काम गर्न नहुने ।

३, पार्टी निती, नेतृत्व र निर्णयको बिरुद्व बोल्न र कार्य गर्न नहुने ।

४, पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने ।

५, पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने ।

६, फेसबुक वा सामाजिक संजाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इंगित गरी लेख्न नहुने। गोपनियता भंग गरी अनधिकृत रुपमा मिडियामा संप्रेषण गर्ने कार्य गर्न नहुने ।

७, ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इंगित बोल्न नहुने ।

८, कोही कसैका बारेमा कुरा लाउदै र धाउदै हिडने खेती गर्न नहुने ।

९, कुनैपनि अन्तरबिरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरुलाई बिवादमा मुछन वा बिभाजीत गर्ने कार्य गर्न नहुने ।

१०, ब्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा गर्ने माध्यमको रुपमा नेता वा कार्यकर्तालाई प्रयोग गर्न नहुने ।

११, आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने ।

१२,जनताले उचित नठान्ने, प्रचलित कानुन प्रतिकुल सामाजिक, नैतिक दृष्टिले अनुचीत र अपारदर्शी काम गर्न नहुने ।

१३, कुनैपनि नेता कार्यकर्ता वा सदस्यले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीमा रहदा आफु रहेको कमिटीको निर्णयहरुको जानकारी गराउने, सिर्जनात्मक ढंगले लागु गराउने, सहजकर्ता, प्रशिक्षक र समन्वयकर्ताको रुपमा र साँगठानिक मामिलामा गाँठो फुकाउने अभिभावकको भुमिकाको काममा बाहेक अन्य काममा अनावश्यक चासो, संलग्नता वा हस्तक्षेप गर्ने कार्य गर्न नहुने ।

प्रकाशित मिति: सोमबार, ०३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.